२०८१ काे सदस्यता नवीकरण सम्वन्धी सूचना

मिति २०८१ चैत १

श्री सम्पूर्ण सदस्यज्यूहरु

विषय : सदस्यता नवीकरण खुलाइएको सम्बन्धमा ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक कार्यसमितिको २०८१ फागुन २८ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०८१ (वैशाख–चैत) को सदस्यता नवीकरण खुलाउने निर्णय गरेको जानकारी गराइन्छ । नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) को परिच्छेद–२ को व्यवस्था बमोजिम एक हजार (१,०००) रुपैयाँ शुल्क तिरेर २०८१ चैत मशान्तभित्र अनिवार्य सदस्यता नवीकरण गरिदिनु हुन सम्पूर्ण शाखा सदस्यज्यूहरुलाई अनुरोध गरिन्छ ।


शाखाको नाममा सञ्चालनमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चौतारा शाखाको चालु खाता नं. १०१०१०५०००१४२७ मा शुल्क जम्मा गरेको भौचर यस शाखामा बुझाएर सदस्यता नवीकरण गर्न सकिने छ । शाखामा उपस्थित हुन नसक्ने सदस्यज्यूहरुले उक्त खातामा शुल्क जम्मा गरेको भौचर वा अन्य प्रमाणको फोटो, स्क्रिनसट शाखाको इमेल, ह्वाट्सएप वा फेसबुक म्यासेन्जरमा पठाउन सक्नुहुने छ । यसरी शुल्क जम्मा भएको भौचर प्राप्त भएपछि शाखाले रकम बुझेको नगदी रसिद दिने÷पठाउने व्यवस्था गरेकोसमेत जानकारी गराइन्छ ।


शाखाको आन्तरिक सुशासन तथा पारदर्शिताको लागि आर्थिक कारोबारलाई सकेसम्म नगदरहित बनाउने अभियानमा यहाँहरुको सहयोग मिल्ने अपेक्षासहित ।

    ध्रुव दङ्गाल
     (अध्यक्ष)