शाखाले धर्नासहित प्रधानमन्त्रीलाई हस्ताक्षर बुझायो
२७ जेठ २०८३, चौतारा-नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सरकारको विभेदकारी विज्ञापन नीतिको बिरोध गर्दै धर्नासहित सम्माननीय प्रधानमन्त्रीलाई संकलित हस्ताक्षर बुझाएको छ ।
शाखा अध्यक्ष ध्रुव दंगाललको नेतृत्वमा सञ्चारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको प्रवेशद्धारअघि ब्यानर प्रदर्शनसहित धर्ना दिएका हुन् । धर्नापछि शाखाले विज्ञापन नीति र्फिता लिन माग गर्दै यसअघि संकलित हस्ताक्षर प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।
गत जेठमा शाखाको ३० औँ साधारण सभाको अवसर पारेर हस्ताक्षर संकलन अभियान चलाइएको थियो ।
