शाखाद्धारा रजक मृत्यु प्रकरणको निन्दा

मिति : २०८१ चैत १५

प्रेस विज्ञप्ति

मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको आन्दोलनको क्रममा भएको आगाजनीमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । सञ्चारकर्ममा खटिँदा एउटा सञ्चारकर्मीले जलेर ज्यान गुमाउनु पर्ने अवस्था आउनु अत्येन्त्यै दुःखद छ । 
शोकको यो घडीमा दिवंगत पत्रकार रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । पत्रकार रजकको निधनको घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कानुनी कार्वाहीको लागि सरकारसँग जोडदार माग गर्दछौँ । 
साथै, आन्दोलनकै क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममा भएको आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछौँ । सञ्चारकर्मीहरुलाई भयमुक्त वातावरणमा काम गर्ने प्रवन्ध मिलाउन सबै सरोकारवाला निकायसँग हामी अपिल गर्दछौँ । 



ध्रुव दङ्गाल 
  अध्यक्ष