शाखा सूचना अधिकारीमा उपाध्यक्ष अर्याल

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकले शाखाको प्रवक्ता एवम् सूचना अधिकारी तोकेको छ । शाखाका उपाध्यक्ष दीपक अर्यालले यो जिम्मेवारी पाएका छन् ।

जिल्ला शाखा कार्यसमितिको २०८१ फागुन २८ गते सम्पन्न बैठकको निर्णयअनुसार उनलाई प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो । सूचनाको हक सम्वन्धि ऐन २०६४ को व्यवस्थाबमोजिम अर्याललाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।