२०८२ काे सदस्यता नवीकरण सम्वन्धी सूचना

मिति २०८२ वैशाख ८
२०८२ को सदस्यता नवीकरण सम्वन्धी सूचना ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०८१ चैत ३१ गतेको परिपत्रअनुसार २०८२ को सदस्यता नवीकरण वैशाख महिनाभित्रको समय तोकेर खुला गरिएकोमा केही सदस्यहरुको नवीकरण गर्न बाँकी रहेकाले आगामी जेठ १०गते भित्र नवीकरण गर्न सम्वन्धित सबैलाई सूचित गरिन्छ ।

आवश्यक कागजातहरु :
१, सदस्यता नवीकरण आवेदन फारम
२, आवद्ध सञ्चार संस्थाको नियूक्तीपत्र वा परिचयपत्रको प्रतिलिपि
३, पछिल्लो ६ महिनादेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने गरी प्रकाशित÷प्रशारित कम्तिमा तीनवटा समाचार सामाग्रीको प्रतिलिपि, अनलाइनको हकमा समाचार लिंक

नवीकरण शुल्क : नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएअनुसार वार्षिक १,०००/– रुपैयाँ । २०८१ को नवीकरण शुल्क बुझाउन बाँकी सदस्यज्यूहरुको हकमा एकमुष्ट २,०००/– रुपैयाँ । शुल्क जिल्ला शाखाको क्यूआरमार्फत बुझाउन सकिने छ । नवीकरण सम्वन्धी कागजात शाखाको इमेल fnjsindhu049@gmail.com मासमेत पठाउन सकिने छ ।

(महासंघ केन्द्रीय समितिको परिपत्रअनुसार सदस्यता पारदर्शिता अभियान अन्तर्गत सदस्यहरुको गुगल फर्मसमेत भर्नुपर्ने भएकाले आ–आफ्नो पासपोर्ट साइजको तस्वीरसमेत अनिवार्य रुपमा उपलब्ध गराइ दिनुहुन सबै सदस्यज्यूहरुलाई हार्दिक अनुरोध गरिन्छ ।)

नवीकरणको लागि सम्पर्क व्यक्तिहरु :
–दीपक अर्याल, उपाध्यक्ष, ९८५१२१५४९६ (काठमाडौँ)
–विदुर गिरी, ९८५१००४५९० (काठमाडौँ)
–आदित्य दाहाल, ९८५१०८३७०९ (काठमाडौँ)
–देवराज सुवेदी, सहसचिव, ९८४१०५३९९६ (मेलम्ची)
–दीपक खत्री, कोषाध्यक्ष, ९८४३०२००६८ (चौतारा)
–कुसुम श्रेष्ठ, कार्यालय सहायक, ९८६२४४६३६० (शाखा कार्यालय)

ध्रुव दङ्गाल
(अध्यक्ष)