पत्रकार खेलमा पनि

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागिता जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा भएको चौथो संस्करणको ‘लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्ट’ मा शाखाको टोलीले भाग लिएको हो । प्रतियोगिता जेठ ९ र १० गते चौतारा टुँडिखेलमा भएको थियो।

“फुटवल फर फेलोसिप” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा शाखाको टोली रोयल फेमेली चौतारासँग प्रतिस्पर्धा गरेर पराजित भएको थियो । शाखा टोलीको नेतृत्व अध्यक्ष ध्रुव दंगालले गरेका थिए ।

विभिन्न नौ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधि चौतारा स्पोटिङ क्बले जितेको थियो । सामाजिक कार्यमा सक्रिय रहँदै यस्ता खेलकुद कार्यक्रममार्फत आपसी भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेर आयोजक लायन्सले बर्सेनी यस्ता प्रतियोगिता गर्दै आएको छ ।