शाखा भवन मर्मतमा सघाउने त्रिपुराका अध्यक्ष बोहराको प्रतिवद्धता

भदौ १३ । त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालय भवन मर्मतमा सघाउने प्रतिवद्धता जनाएका छन् ।
भदौ १३ गते शाखा कार्यालय भवनको अवलोकन गर्दै उनले मर्मत, सम्भारको लागि आफ्नो पालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । भवनबाट पानी चुहिरहेकोमा चिन्ता प्रकट गर्दै उनले जनस्तरबाट निर्माण भएको सम्पतिको संरक्षण हुनु पर्नेमा जोड दिए ।
तत्काल मर्मत गरेर भवन संरक्षणको काम हुनु पर्ने भन्दै अध्यक्ष बोहराले आवश्यक आर्थिक सहयोगका लागि अन्य पालिकासँग पनि आफूले पहल प्रतिवद्धतासमेत जनाए । पूर्वपत्रकार एवम् शाखाका पूर्वसदस्यसमेत रहेका बोहरालाई अध्यक्ष ध्रुव दङ्गाल र कोषाध्यक्ष दीपक खत्रीले स्वागत गरेका थिए ।