शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाका संस्थापक सदस्य एवम् महासंघका केन्द्रीय पूर्वसभापति तारानाथ दाहालका पुजनीय पिता केदारनाथ दाहालको दुखःद् निधन भएको खबरले शाखा स्तब्ध भएको छ । मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुर निवासी समाजसेवी पिता केदारनाथको ८५ वर्षको उमेरमा २०८२ चैत २० गते स्वर्गारोहण भएको हो ।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामनासहित शोकसन्तप्त दाहाल परिवारप्रति नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, उहाँहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ ।

ध्रुव दंगाल

अध्यक्ष