शोक विज्ञप्ति
मिति : २०८२ चैत २४ गते
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाका पूर्वसचिव टीका दाहालका ममतामयी माता मनमाया दाहालको दुखःद् निधन भएको खबरले शाखा स्तब्ध भएको छ । चौतारा साँगाचा्कगढी नगरपालिका वडा नं. १३ ठूलोसिरुवारी निवासी माता मनमायाको ७८ वर्षको उमेरमा २०८२ चैत २३ गते स्वर्गारोहण भएको हो ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामनासहित शोकसन्तप्त दाहाल परिवारप्रति नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, उहाँहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ ।
ध्रुव दंगाल
अध्यक्ष