शाखाको ३० औँ साधारण सभा जेठ १० गते

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको साधारण सभा आगामी जेठ १० गते हुने भएको छ ।

२०८३ वैशाख १३ गते शाखा कार्यालयमा अध्यक्ष ध्रुव दंगालको अध्यक्षतामा बसेको बैठकले साधरण सभा गर्ने निर्णय गरेको हो । यो ३० औँ साधरण सभा हुने छ । बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गर्ने लगायत महत्वपूर्ण निर्णयहरु गरेको छ ।

जिल्ला शाखाले प्रत्येक तीन वर्षे कार्यकालमा एक पटक प्रदान गर्दै आएको पत्रकारिता सम्मान तथा विभिन्न पुरस्कार सोही साधारण सभाको अवसरमा वितरण गर्नुका साथै शाखाका साधारण सदस्यहरुलाई पेशाप्रति उत्साहित बनाउने उद्देश्यले सम्मान र पुरस्कृत गर्न, बिरामी हुँदा औषधोपचारमा सघाउन, परिवारका सदस्य गुमाएर शोकमा परेका पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न, आमसञ्चार तथा पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्ने पत्रकारलाई प्रोत्साहित गर्न एउटा पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गर्ने निर्णयसमेत गरेको छ ।