वैशाख मशान्तभित्र सदस्यता नवीकरण गर्ने सम्बन्धी सूचना
सबै साधारण सदस्यज्यूहरु ।
विषय : सदस्यता नवीकरण सम्वन्धमा ।
नेपाल पत्रकार महासंघको विधान २०६४ (पाँचौँ संशोधन २०७५) को परिच्छेद २ अनुसार वर्ष २०८३ को सदस्यता नवीकरण गर्न यही वैशाख २० गतेसम्मको समय दिएर सूचना जारी गरिएको यहाँहरुलाई जानकारी नै छ । उक्त समयावधिभित्र सबै सदस्यहरुले नवीकरण प्रक्रियामा सहभागिता नजाउनु भएकाले पुनः यो सूचना जारी गरिन्छ । आगामी वैशाख ३१ गतेभित्र सदस्यता नवीकरण गरिदिनु हुन हार्दिक अुनरोध छ ।
जिल्ला शाखाले आगामी जेठ १० गते ३० औँ साधारणसभा गर्दै छ । महासंघ केन्द्रीय समितिले सदस्यता नवीकरण टुंग्याएर मात्र साधारणसभा पर्न पत्राचार गरेको छ । केन्द्रीय सर्कुलरअनुसार सदस्यता नवीकरण गर्ने सदस्यहरुले मात्र साधारणसभामा सहभागिता जनाउन पाउने छन् ।
साथै, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका पत्रकारहरुको स्वास्थ्य बिमा गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । महासंघको साधरण सदस्यता नवीकरण परिचयपत्रको आधारमा मात्र स्वास्थ्य बिमाभित्र समेटिने प्रावधान रहेकोसमेत जानकारी गराइन्छ । तसर्थ यथाशक्य सदस्यता नवीकरण गर्नुहुन पुनः आग्रह गरिन्छ ।
(सदस्यता नवीकरण सम्वन्धी प्रक्रिया अघिल्लो सूचनामा उल्लेख गरिएको छ । शाखाको तलको क्यूआरमार्फत शुल्क बुझाउन सकिने छ । नवीकरण शुल्क १ हजार र परिचयपत्र छपाइ शुल्क १ सय गरी १ हजार कुल १ सय रुपैयाँ बुझाउनु पर्ने छ ।
…………………………….
टीका सुबेदी
( सचिव)
