सिकाइ यात्रा जारी छ
साउन १ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजना तथा टुकी संघ सुनकोसीको आर्थिक एवम् प्राविधिक सहयोगमा दुई दिने बालसंवेदनशील रिपोर्टिङ तथा कन्टेन्ट क्रिएसन तालिम सम्पन्न भएको छ ।
सदरमुकाम चौतारामा साउन ३१ र भदौ १ गते सञ्चालित तालिममा जिल्लामा क्रियाशील ३३ सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
सहभागिहरुलाई बिज्ञ प्रशिक्षकको रुपमा बरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झाले सहजीकरण गरेका थिए ।