निष्पक्ष र स्वतन्त्र छानबिनका लागि आग्रह

मिति : २०८१ चैत २९

माननीय अध्यक्षज्यू,
राष्ट्रिय मानव अधिकार आयोग नेपाल
हरिहर भवन, पुल्चोक, ललितपुर, नेपाल ।
र,
राष्ट्रिय मानव अधिकार आयोग नेपाल
बागमती प्रदेश कार्यालय
बासुदेवमार्ग, हेटौँडा, मकवानपुर ।

विषयः निष्पक्ष र स्वतन्त्र छानबिनका लागि आग्रह ।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषिमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गर्दै नेपाल सरकारका माननीय गृहमन्त्रीसमक्ष यही पुस १८ गते ध्यानाकर्षण पत्र पेस गरेको अवगत गराउन चाहन्छौँ ।
यद्यपि सरकारले ती माग माग पूरा गर्नेतर्फ पहल नगरेकोले महासंघ आफ्ना माग पुरा गराउन आन्दोलित रहेको अवस्था छ । यही सिलसिलाममा महासंघ माननीय अध्यक्षज्यू समक्ष आयोगबाट महासंघका माग पूरा गराउन सरकारको ध्यानाकर्षणका साथै घट्नाको निष्पक्ष र स्वतन्त्र छानबिन होस् भन्ने आग्रह गर्दछ ।



.............
   ध्रुव दङ्गाल
    (अध्यक्ष)