शाखाकाे अपिल

मिति : २०८२ भदाै २५

श्री शाखा सदस्य एवम् सञ्चारकर्मीज्यूहरु । 

विषयः हार्दिक अपिल ।

उपरोक्त सम्बन्धमा देशमा हाल उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण सञ्चार संस्था र पत्रकारहरूले पेसागत धर्म निर्वाह गर्दा सुरक्षामा विशेष ध्यान दिनु पर्ने अवस्था छ । अतः पेसागत र भौतिक सुरक्षाको समेत ख्याल गर्नरगराउन आग्रह गरिन्छ  ।

जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्ने सिलसिलामा कहींकतैबाट अवरोध नहोस् भन्नेमा सचेत रहंदै निधेधित क्षेत्रमा र कफ्र्युको समयमा कार्यक्षेत्रमा खटिंदा पत्रकारको परिचय खुल्ने परिचयपत्र बोक्न, सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन, समुहमा रहन, आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाका उपायहरू अबलम्बन गर्न सबै पत्रकार साथीहरूसंग आवश्यक समन्वय र सहयोग गर्नुहोला ।

साथै, पत्रकार तथा सञ्चार माध्यममाथि धम्की,त्रास, आक्रमण र अवरोध सिर्जना भए महासंघ शाखा वा केन्द्रीय कार्यालयमा जानकारी गराउन हुन अनुरोध गरिन्छ ।

टीका सुवेदी

सचिव