प्रेस विज्ञप्ती- रेडियो सिन्धुको प्रसारण अवरुद्ध

प्रेस विज्ञप्ति तथा अपिल

सिन्धुपाल्चोक सदरमुकाम चौतारामाट सञ्चालित सामुदायिक विद्युतीय सञ्चार माध्यम रेडियो सिन्धु १०५ मेगाहर्जको प्रसारण अवरुद्ध भएको छ । २०८२ असार २२ गते रातिको चट्याङले रेडियोका उपकरणमा क्षति पुऱ्याउँदा प्रसारण अवरुद्ध हुन पुगेको हो । नियमित सूचना र समाचार प्रसारण गर्न लोकप्रिय सञ्चार माध्यम रेडियो सिन्धुको प्रसारण बन्द हुँदा जिल्ला शाखा दुःखी छ ।

असार २४ गते राति पुनः रेडियोको टेपस्टेशनमा चट्याङ पर्नुभएका उपकरण जलेर नष्ट भएका छन् । रेडियो सञ्चालक समिति अनुसार दुई पटकको चट्याङले टावर, ट्रान्समिटर, ब्राण्ड कम्प्युटर, टेलिफोन सेट, डबल लाइन टेलिफोन, हाइफ्रिड लाइन, यूपीएस लगायत सबै उपकरण जलेर नष्ट भएका छन् । उपकरण जल्दा रेडियोलाई ठूलो आर्थिक क्षति पुगेको छ ।

जिल्लाको लोकप्रिय सञ्चार माध्यमको प्रसारण बन्द हुँदा रेडियो सिन्धुका नियमित श्रोता सूचना, समाचार र मनोरञ्जन प्राप्त गर्नबाट पूर्णरूपमा वञ्चित भएका हुन् । आमश्रोताको सूचना, समाचार र मनोरञ्जन प्राप्त गर्ने संवैधानिक हकको रक्षा गर्न तत्काल रेडियो सिन्धु पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको छ ।

सम्पूर्ण उपकरण जलेर ठुलो आर्थिक क्षति पुगेकाले सामुदायिक सञ्चालनित रेडियो आफ्नै स्रोतबाट पुनः सञ्चालनमा ल्याउन सम्भव छैन । दुखसुखको साथीको रूपमा श्रोता माझ स्थापित रेडियो सिन्धुलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आर्थिक, प्राविधिक र उपकरणलगायत सहयोग उपलब्ध गराउन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा संघीय सरकार, प्रदेश सरकार, जिल्लाका १२ वटै स्थानीय सरकार, संघसंस्था र श्रोतासहित सरोकारवाला सबै निकायसँग हार्दिक अपिल गर्दछ ।

ध्रुव दङ्गाल

(अध्यक्ष)