सदस्यता नवीकरण सम्बन्धी सूचना

मिति: २०८२ / ०२/ ०५

२०८२ को सदस्यता नवीकरण सम्बन्धी सूचना ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०८० चैत ३१ गतेको परिपत्रअनुसार २०८२ को सदस्यता नवीकरण वैशाख महिनाभित्रको समय तोकेर खुला गरिएकोमा केही सदस्यहरूको नवीकरण गर्न बाकी रहेकाले आगामी जेठ मसान्त भित्र नवीकरण गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

आवश्यक कागजातहरु : १. सदस्यता नवीकरण आवेदन फारम २. सम्बद्ध सञ्चार संस्थाको नियूक्तीपत्र वा परिचयपत्रको प्रतिलिपि ३. पछिल्लो ६ महिनादेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने गरी प्रकाशित/प्रशारित कम्तिमा तीनवटा समाचार सामग्रीको प्रतिलिपि, अनलाइनको हकमा समाचार लिंक

नवीकरण शुल्क : नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएअनुसार वार्षिक १,०००/- रुपैयाँ । २०७१ को नवीकरण शुल्क बुझाउन बाकी सदस्यज्युहरुको हकमा एकमुष्ठ २,०००/- रुपैयाँ । शुल्क जिल्ला शाखाको क्यूआरमार्फत बुझाउन सकिने छ । नवीकरण सम्बन्धी कागजात शाखाको इमेल fnjsindhu049@gmail.com मार्फत पठाउन सकिने छ ।

(महासंघ केन्द्रीय समितिको परिपत्रअनुसार सदस्यता पारदर्शिता अभियान अन्तर्गत सदस्यहरुको गुगल फर्मभर्नु पर्ने भएकोले आ-आफ्नो पासपोर्ट साइजको तस्वीरसहित अनिवार्य रुपमा उपलब्ध गराइ दिनुहुन सबै सदस्यज्यूहरुलाई हार्दिक अनुरोध गरिन्छ ।)

नवीकरणको लागि सम्पर्क ब्यक्तिहरूः -दिपक अर्याल, उपाध्यक्ष, ९८५११३४४१६ (काठमाडौं) -विदुर गिरी, ९८५१५००४९० (काठमाडौं) -आदित्य दाहाल, ९८५१०८३०९१ (काठमाडौं) -देवराज सुवेदी, सहसचिव, ९८४११४०९१९ (मेलम्ची) -दिपक खत्री, कोषाध्यक्ष, ९८४४०३००८६ (चौतारा) -कुसुम श्रेष्ठ, कार्यालय सहायक, ९८६८१४१४३० (शाखा कार्यालय)

ध्रुव दङ्गाल

अध्यक्ष