मल्टिमिडिया पत्रकारिता तलिम सुरु

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको लागि मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ ।

शाखा कार्यालयको बहुउद्धेश्यीय कक्षमा जारी तालिमको शनिबार जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले समुद्घाटान गरेका थिए ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष स्याङ्बोले मिडिया बजारमा खरो प्रतिस्पर्धा गर्न सञ्चारकर्मी दक्ष हुनुपर्नेमा जोड दिए । शाखा अध्यक्ष ध्रुव दङ्गालले जिल्लाका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्न यस्ता तालिमका कार्यक्रमलाई तीव्र बनाउने बताए

जुगल गाउँपालिकाको आर्थिक सहयोग रहेको तालिममा १८ सञ्चारकर्मीको उपस्थिति रहेको छ । तालिमलाई विषय विज्ञ प्रवेश सुवेदी र रजनीश भण्डारीले सहजीकरण गरिरहेका छन् । सञ्चारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित तालिम माघ ५ गतेसम्म तीन दिन चल्ने छ ।