वर्ष २०८३ को सदस्यता नवीकरण सम्वन्धी सूचना

मिति : २०८३ वैशाख ३ गते

नेपाल पत्रकार महासंघको विधान २०६४ (पाँचौँ संशोधन २०७५) को परिच्छेद २ अनुसार वर्ष २०८३ को सदस्यता नवीकरण यही वैशाख २० गते भित्र गर्न हुन शाखासम्वद्ध सबै साधारण सदस्यहरुमा सूचित गरिन्छ ।

आवश्यक कागजातहरु :
१, सदस्यता नवीकरण आवेदन फारम (www.fnjsindhupalchok.org मा उपलब्ध छ ।)
२, आवद्ध सञ्चार संस्थाको नियूक्तीपत्र वा परिचयपत्रको प्रतिलिपि
३, पछिल्लो एक वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने गरी प्रकाशित/प्रशारित कम्तिमा तीनवटा समाचार सामाग्रीको प्रतिलिपि, अनलाइनको हकमा समाचार लिंक

नवीकरण शुल्क : १,०००/– रुपैयाँ लाग्ने छ । शुल्क जिल्ला शाखाको क्यूआर स्क्यान गरेर बुझाउन सकिने छ । सोको स्क्रिनसर्ट पठाएपछि शाखाले नवीकरण शुल्क बुझेको रसिद उपलब्ध गराउने छ । नवीकरण सम्वन्धी कागजात शाखाको इमेल fnjsindhu049@gmail.com वा शाखाको WhatsApp ग्रुपमासमेत पठाउन सकिने छ ।

(नोट : महासंघ केन्द्रको परिपत्रअनुसार आगामी जेठ १० गते भित्र साधारण सभा गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सबै साधारण सदस्यलाई सदस्यता नवीकरण परिचय उपलब्ध गराउने शाखाको योजना रहेको जानकारी गराइन्छ ।)
………………………
ध्रुव दङ्गाल
(अध्यक्ष)