काठमाडौँ शाखा कार्यसमितिलाई सिन्धुपाल्चोकमा स्वागत
१ जेठ २०८३-पत्रकार महासंघ, जिल्ला शाखा काठमाडौँको कार्यसमितिलाई सिन्धुपाल्चोक शाखामा स्वागत गरिएको छ ।
साधारण सभाको तयारी बैठक बस्न सिन्धुपाल्चोक आएको काठमाडौँ शाखा कार्यसमिति परिवालाई सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दीपक अर्यालय लगायतले स्वागत गरेका थिए ।
काठमाडौँ शाखाको आगामी जेठ ९ गते साधारण सभा हुँदै छ । यस सम्वन्धी काठमाडौँ शाखाको तयारी बैठक सिन्धुपाल्चोक शाखाको कार्यालय भवनमा जेठ २ गते बस्दै छ । उक्त बैठकले साधरण सभा सम्बन्धी केही निर्णय गर्नुका साथै समसामयिक विषयमा सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने तय गरिएको छ ।
दुई शाखाका पदाधिकारी र सदस्यहरुबीच संस्थागत अनुभव आदान प्रदानसहित बर्तमान अवस्थामा मिडिया र सञ्चारकर्मीले भोगिरहनु परेको समस्याबारे छलफलसमेत भयो ।
सिन्धुपाल्चोकका अध्यक्ष दंगालले जिल्ला शाखा स्थापनादेखि हालसम्म भएका गतिविधिबारे जानकारी गराए । काठमाडौँ अध्यक्ष अर्यालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा प्रवद्र्धनमा जिल्ला शाखाहरुहरुले रचनात्मक भूमिका खेल्न सक्ने बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा काठमाडौँ शाखाका पूर्वअध्यक्ष सूर्य सुवेदीले पछिल्लो समय सरकारले प्रेसमाथि राखेको खराब नियतबारे चर्चा गरेका थिए ।




