बागमती मिडिया सम्मेलन तथा साधारण सभामा शाखाको सहभागिता


२४ जेठ २०८३, हेटौँडा-नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले महासंघ बागमती प्रदेश समितिद्धारा आयोजित बागमती मिडिया सम्मेलन तथा ५ औँ साधारण सभामा सक्रिय सहभागिता जनाएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडा मकवानपुरमा जेठ २२ देखि २४ गतेसम्म मिडिया सम्मेलन तथा साधारण सभा भएको थियो । शाखा अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दीपक अर्यालसहित प्रदेश परिषद् सदस्यहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

मिडिया सम्मेलनको बागमती सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया र साधारण सभाको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले उद्घाटन गरेका थिए । सम्मेलन र साधारण सभापछि हेटौँडा घोषणापत्र जारी गरिएको थियो ।