तस्बिरमा जिल्ला शाखाकाे भवन

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चाेककाे कार्यालय भवन २०६४ मा निर्माण सम्पन्न भएकाे हाे ।

२०६२ मा महासंघका केन्द्रीय सभापति विष्णु निष्ठुरीले भवन निर्माणकाे शिल्यान्यास गरेका थिए ।

जनस्तरबाट सहयाेग स्वरूप संकलित झण्डै ४० लाख रूपैयाँकाे लागतमा निर्माण भएकाे भवनकाे २०६४ फागुन ८ गते तत्कालीन पुनर्स्थापित संसदका सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङले उद्घाटन गरेका थिए ।

तीन तले भवनमा सभाहल, कार्यकक्षसहित आठ काेठा छन् । तत्कालीन सभापति ऋषिराम पाैड्यालले नेतृत्व गरेकाे कार्यसमितिले भवन निर्माणकाे अगुवाई गरेकाे थियाे ।

ड्राेन तस्बिरहरू : प्रभात श्रेष्ठ